२२ बैशाख २०८१, शनिबार

मौसम बदली : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना

weather aajko mausam

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य मौसम बदली हुने जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको विभागले उल्लेख गरेको छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाले आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार बिहीबार र शुक्रबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातका साथै वर्षा हुनेछ । मौसम बदली भइ सुदूरपश्चम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना छ ।

यसैगरी, शुक्रबार पनि मौसम बदली भइ सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिउँदयाम सुरु भएयता पानी पर्न सकिरहेको छैन । आकाशे पानीको भरमा खेती गर्दै आएका पहाडी तथा उच्च पहाडी जिल्लाका किसान वर्षा नहुँदा मर्कामा परेका छन् । वर्षा र हिमपात हुने हो भने हिउँदे बाली सप्रिने किसानको आशा छ ।

    सम्बन्धित समाचार...