१४ बैशाख २०८१, शुक्रबार

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Mantri oath Shital Niwash

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनमा भागबन्डाको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार भएको हो । गठबन्धनमा सहमति भए अनुसार सत्ता गठबन्धनको सबभन्दा ठूलो दल एमालेका ८, माओवादीका ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका ३–३ मन्त्रीले शपथ लिएका छन । यस्तै माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक–एक राज्यमन्त्रीले पनि शपथ लिएका छन ।

जसपाको भागमा दुई र जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ । एमालेले स्वास्थ्यमन्त्रीमा पदम गिरी, परराष्ट्रमा डा विमला राई पौडेल, रक्षमन्त्रीमा हरि उप्रेती, कृषि मन्त्रीमा ज्वालाकुमारी साह,महिला बालबालिबामन्त्रीमा भगवती चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा राजेन्द्र राईले शपथ लिनुभएको छ । अर्थ मन्त्रालय यसअघि नै एमालेले लिइसकेको छ ।

यस्तै माओवादीले सञ्चारमन्त्रीमा रेखा शर्मा, पर्यटन मन्त्रीमा सुदन किराँती र अमनलाल मोदीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ । माओवादीले भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ ।

गृह मन्त्रालय लिइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा शिशिर खनाल र श्रम तथा रोजगारमन्त्रीमा डिपी अर्यालले शपथ लिनुभयो ।
यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधान तथा ऊर्जामन्त्री, शहरी विकास मन्त्रीमा विक्रम पाण्डे र कानूनमन्त्रीमा ध्रुवबहादुर प्रधानले शपथ लिनुभयो ।

यस्तै रास्वपाकी डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री र राप्रपाका दिपक सिंह उर्जा राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

    सम्बन्धित समाचार...