२० बैशाख २०८१, बिहीबार

यति विमान दुर्घटना : शव दिन ढिला गरेको भन्दै मृतकका आफन्त आक्रोशित

Biman3 1673786372

शव जिम्मा लगाउन ढिला गरेको भन्दै विमान दुर्घटनामा ज्यान गुमाएका आफन्त आक्रोशित बनेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव लिन पुगेका मृतकका आफन्त आक्रोशित भएका हुन् ।

शव जिम्मा लगाउने प्रक्रिया ढिला भएको र दुर्घटना भएको चौबीस घण्टा बितिसक्दा पनि शव नपाएको उनीहरूको गुनासो छ ।

अहिले काठमाडौं पठाउने र पोखरामै पोस्टमार्टम गर्ने शव छुट्टाउने काम भइरहेको छ । अब केही समयपछि पोस्टमार्टमको काम भइरहेको छ । पोस्टमार्टम गृहअगाडि डेस्क स्थापन गरेर प्रहरीले लगत संकलन गरिरहेको छ ।

बिमाका लागि लामो कागजी प्रक्रिया भएकाले पोस्टमार्टममा केही ढिलाइ भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अब छिट्टै पोस्टमार्टमको काम सुरु हुनेछ ।

थप एउटा शव भेटियो, आफन्तलाई जिम्मा लगाउने तयारी

पोखरास्थित सेती खोँचमा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनमा ज्यान गुमाएकाको शव आफन्तलाई जिम्मा लगाउने तयारी थालिएको छ । जसका लागि अहिले पोखरा विज्ञान प्रतिष्ठानमा पोसमार्टमको काम भइरहेको छ ।

काठमाडौंबाट गएको फरेन्सिक विज्ञ टोलीले आफन्तलाई शव जिम्मा लगाउने विषयमा छलफल भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । केसीले कान्तिपुर टेलिभिजनसँग भने, ‘शव पोस्टमार्टम भइरहेको छ । पहिचान हुन सक्ने अवस्थाका शव आफन्तलाई जिम्मा लगाउने कुरा छ ।’

हालसम्म ६९ जनाको शव भेटिएको छ भने तीन जनाको अवस्था अझै अज्ञात छ । आज दिउँसो थप एउटा शव भेटिएको हो । प्रमुख जिल्ला अधिकारी केसीका अनुसार खोजी कार्य अझै जारी छ । उनले भने, ‘सबै शव संकलन गरेर पहिचान हुन नसक्नेलाई डीएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइहेको छ ।’

आइतबार (हिजो) बिहान दुर्घटना भएको विमानमा चालकदलका चार सदस्यसहित ७२ यात्रु सवार थिए ।

विमान दुर्घटनामा मृत्यु भएकाको परिवारले कसलाई सम्पर्क गर्ने ? यस्तो छ सम्पर्क व्यक्तिको नम्बर

नेपाल नागरिक उड्डयन प्राधिकरण प्राधिकरणले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तहरुले मृतक यात्रुबारे थप जानकारी लिन चाहेमा सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्दै सम्पर्क व्यक्ति तोकेको छ ।

थप जानकारी चाहिएमा देहाय अनुसारको नम्बरमा सम्पर्क गर्न हुन प्रेस विज्ञप्तिमार्फत भनिएको छ ।

१) त्रि.अ.वि.ना.उ.का. – ०१–४११३१६३

२) यति एयरलायन्स – ९००१०००५३१ (पेम्बा शेर्पा)

३) विक्रम राज गौतम ९८५१०६९६२७ (विमानस्थल प्रमुख, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल)

४) राम लामिछाने १८०२८२८८०० (स्टेसन म्यानेजर, यती एयरलाइन्स पोखरा )

यस्तै, अस्पतालमा रहनुहुने मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले सम्पर्क गर्नुपरेमा :

(१) हर्क रावल ९८०२८११२२२ (यती एयरलाइन्स पोखराका कर्मचारी)

(२) सुरमा ९८०२८१२१११ (यती एयरलाइन्स पोखराका कर्मचारी)

उक्त दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुलाई खान र बस्नको लागि होटेल लेकाली पोखरामा व्यवस्था गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ । यसका लागि राजीव गुरुङको मोबाइल नम्बर ९८५६०४२४९१४ सम्पर्क गर्न आग्रह गरिएको छ। cannote 1673861014

    सम्बन्धित समाचार...