२३ बैशाख २०८२, मंगलवार

विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुको शोकमा भोलि शोक बिदा

YatiAirlinceAccidentatPokhara 1673771609

यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुको शोकमा सरकारले सोमबार (भोलि) शोक बिदा दिएको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भोलि शोक बिदा दिने निर्णय गरेको हो ।

यति एयरलाइन्सको विमान आइतबार (आज) बिहान पोखरा विमानस्थल नजिक सेती नदी खोंचमा दुर्घटना परेको थियो । उक्त विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए ।