२४ बैशाख २०८२, बुधबार

यतिको विमान दुर्घटनामा १५ विदेशीसहित ५३ नेपाली सवार, हेर्नुहोस् यात्रुको नामावली

FmfsLhPaUAEZ7YL

यति एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटनामा १५ विदेशी नागरिकसहित ५३ नेपाली यात्रुको मृत्यु भएको खुलेको छ ।

कुल ७२ यात्रु सवार एटीआर ७२ विमानमा चालक दलका चार सदस्य थिए । चालक दलका चार सदस्य पनि नेपाली हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले विमानमा ६२ जना वयस्क, ३ बालबालिका र ३ शिशु सवार रहेका जानकारी दिए । उनका अनुसार ४ जना चालक दलका सदस्य थिए । विमानलाई क्याप्टेन कमल केसी र को पाइलट अन्जु खतिवडाले उडाएको ठाकुरले बताए । विमानमा सिर्जना होङचुङ र ओसिन आलेमगर दुई परिचारिका थिए ।

ठाकुरले दिएको जानकारीअनुसार यति एयरलाइन्सको उक्त विमानमा पाँच भारतीय नागरिक र १० जना तेस्रो मुलुकका नागरिक थिए ।

पाँच भारतीयसहित रुसी नागरिक ४, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका एक – एक र कोरियाका दुई नागरिक सवार थिए । विमानमा ५३ जना नेपाली यात्रु र ४ चालक दलका नेपाली सदस्य थिए ।

पोखरा विमानस्थलले ल्यान्डिङ क्लियरेन्स दिइसकेको अवस्थामा विमान दुर्घटना भएको ठाकुरले जानकारी दिए । आइतबार बिहान १० : ५० बजे यति एयरलाइन्सको एनवाईटी ६९१, नाइन एन-एएनसी विमान पोखरा टावरसँग सेती खोंच भन्ने स्थानबाट अन्तिम पटक सम्पर्कमा आएको र त्यसपछि दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलको रेस्क्यु कोअर्डिनेसन सेन्टरमा पुगेर उद्धारको निरीक्षण गरेको ठाकुरले जानकारी दिए । उद्धार कार्यको जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको उनले बताए ।

आज बिहानैदेखि पोखराको मौसम सफा रहेको उनले बताए । विमान दुर्घटनाबारे सरकारले आजै छानविन समिति गठन गर्ने पनि उनले बताए । दुर्घटनाको विस्तृत विवरण छानविनपछि मात्रै थाहा हुने उनको भनाइ छ।

दुर्घटनाअघि उक्त विमानका पाइलटले पोखरा टावरलाई केही पनि जानकारी नदिएको महाप्रबन्धक ठाकुरको भनाइ छ । पोखरा विमानस्थलको एटीसीले दुर्घटनाअघि विमान चालकले केही पनि सूचना नदिएको बताएको हो ।

आज पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा यात्रु को-को थिए ? नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त यात्रुहरुको नामावली ।

किसन आचार्य

निशान्त आचार्य

शालिग्राम आचार्य

सदाकत अलिमिया

भिक्टोरिया अलट्युनिना

पूर्णबहादुर गुरुङ

जितेन्द्रबहादुर कुँवर

एलेना बन्दुरो

अनिशा बानियाँ

श्लोक भट्ट

निरा छन्त्याल

रुअन कालुम क्रिघटन

आशिमा गुरुङ

अनुशा गुरुङ

बेलमान गुरुङ

विजय गुरुङ

जीवनकला गुरुङ

माया गुरुङ

रक्की गुरुङ

शिव गुरुङ

सीता गुरुङ

यमुना गुरुङ

यास्मिन गुरुङ

रबिन हमाल

एलेक्जेन्डर इसिडोर

सञ्जय जैसवाल

सोनु जैसवाल

रचना काफ्ले

सीता खड्का

अनिल कुमार राजभार

भगवती कुँवर

अभिषेक कुशवाह

मेरन लभ

युरी लेजिन

भिक्टर लेजिन

ओम माया गुरुङ

जनेटस्यान्ड्रा पेलेभ्सिनो

सुस्मा पाण्डे

हरि परियार

क्रिश परियार

लक्ष्मी परियार

रिता परियार

अरुण पौडेल

लक्ष्मी पौडेल

प्रसिद्धि पौडेल

त्रिभुवन पौडेल

पूजन राना

सविना रायमाझी

राजन सापकोटा

अनिल शाही

संगीता शाही

आयुर्धी शर्मा

बबी शर्मा

जमुना शर्मा

विशाल शर्मा

युवराज शर्मा

मोहन श्रेष्ठ

सोना दिवाकर

बन्दना सुनार

सुशील श्रेष्ठ

राज ठकुरी

चुडा थापा

गणेश थापा

लबराज तिमिल्सिना

क्युङचुल यु

स्याङ्जेन यु

क्याप्टेन – कमल केसी

को-पाइलट – अन्जु खतिवडा

परिचारिका – ओसिन आलेमगर

परिचारिका – सिर्जना हुङचुङ