२२ बैशाख २०८२, सोमबार

दुर्घटनाग्रस्त जहाजमा लागेको आगो निभाइयो, तर अहिलेसम्म कोही पनि जीवित भेटिएनन्

325315169 697184962016020 5170381609576792788 n16737648761673765147

पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा लागेको आगो नियन्त्रणमा आएको छ। 

आइतबार बिहान काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनापछि जहाजमा ठुलो आगो लागेको थियो । 

सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

अहिलेसम्म ३५ जनाको शव फेला परेको उनको भनाई छ । ती शवलाई गण्डकी अस्पतालमा लगिएको छ।  तर, अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्।

जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।