
पोखरामा यती एअरलाईन्सको विमान दुर्घटनामा परेको छ । पोखराको सिताराम हाउजिंग नजिकैको सेती नदीको खोँचमा विमान दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विमानस्थल व्यवस्थापनका अनुसार काठमाण्डौबाट ६८ जना यात्रु बोकेर पोखरातर्फ उडेको विमान दुर्घटनामा परेको हो ।
यति एअरलाईन्सका अनुसार एएनसी एटीआर ७२ जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । घारीपाटन नजिकैको सेती खोचमा बजारिएको विमानमा रहेका केही यात्रुहरुको उद्दार भएको स्थानीयबासीले बताएका छन् । यद्यपि विमानको बारेमा सम्पूर्ण जानकारी आउन बाँकी छ ।
विमान ठोकिएपछि ठुलो मुस्लोसहित आगलागि भएको थियो । प्रहरीका अनुसार अहिले विमानमा लागेको आगो नियन्त्रणमा आईसकेको छ । र, हालसम्म दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या ८ जना पुगेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार यो संख्या अझै बढ्न सक्ने देखिन्छ ।