
छायाँनाथ रारा नगरपालिकाले अपाङ्गता नियमावली ०७९ पारित गरेको छ । फरक क्षमता अर्थात अपाङ्गता भएका व्यक्ति सधैँ उपेक्षामा पर्ने हुँदा उनीहरूकाे समस्यालाई मध्येनजर गर्दे नगरपालिकाले नियमावली पारित गरेको हो ।
नगरपालिकाको १२औँ विधेयक नगरसभाले अपाङ्गता नियमावली ०७९ नीति नियमावली पास गर्नुका साथै अपांगता भएका व्यक्तिहहरूको सहज पहुँच बनाउने नीति अबलम्वन गरेको नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।
नगरप्रमुख भामका अनुसार समाजमा अपहेलित भएर बसेका अपाङ्गता भएकाहरूलाई भावी दिनमा जीविकोपार्जन गर्ने हेतुले नगरपालिकाले अपांगता नीति नियमावली ०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए ।