२१ बैशाख २०८१, शुक्रबार

‘ह्यारीकी प्यारी’को मोफसल टूर सुरु, चितवन हुँदै विर्तामोडमा टुंगिने

Harryki Pyari Trailer

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘ह्यारीकी प्यारी’ मोफसल टुरमा निस्किएको छ ।

पश्चिम नेपालको नेपालगन्जदेखि अनौपचारिक रूपमा सुरु भएको टुर चितवनबाट औपचारिक रूपमा अगाडी बढ्नेछ । डा. कपिल रिजाल निर्देशित चलचित्रको टिम शनिवार बिहान पर्यटकीय नगरी चितवन पुगेको छ ।

चितवनमा दिउँसो १२ बजेदेखि निर्माण टिम प्रचारका विभिन्न माध्यमसँग जोडिने छ । त्यहाँ चितवन महोत्सवमा दर्शक माझ पुग्ने र चितवनका मिडियासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । मोफसल टुरमा निर्देशक रिजालसंगै, जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरूको साथ रहनेछ ।

साथै टुरमा गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलपनि सहभागी हुनेछन् । टुरमा यी कलाकारहरूको प्रस्तुति हेर्न पाइनेछ । माघ ७ गतेसम्मको सेड्युल तय गरिएको टुर चितवनपछि पर्साहुँदै पोखरा, बेनी, बुटवल, हेटौँडा, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा बिर्तामोडमा पुगेर टुङ्गिनेछ ।

यी सहरहरूमा निर्माण टिमले महोत्सवसँगै विभिन्न क्याम्पस, मल र मिडियासँग अन्तरक्रिया गर्नेछ । बिर्तामोडपछि राजधानी फर्किएर टिमले काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रम र मिडिया अन्तरक्रिया गर्ने सेड्युल तय गरिएको छ ।

माघ २० देखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्रमा जितु र साम्राज्ञी शीर्ष भूमिकामा छन् । चलचित्रमा सम्झौताको विवाहले जीवनमा निम्त्याउने उतारचढावलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ ।

निर्देशक रिजालकै कथा रहेको चलचित्रमा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यु निरवी र निर्देशक स्वयम्को लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुसाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा डा. भोला रिजालको निर्माण छ । चलचित्रको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

    सम्बन्धित समाचार...