१५ चैत्र २०८०, बिहीबार

सन्दीप लामिछाने भनछन्- ‘छिटै क्रिकेटमा फर्कन्छु’

sandeep

नाबालिक बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । थुनामुक्त भएपछि सन्दीपले छिट्टै क्रिकेटमा फर्किने प्रतिक्रिया दिएका छन् ।

पत्रकारहरूले सन्दीपलाई अब क्रिकेटमा अब कहिले फिर्कने ? भन्ने प्रश्न गरेका थिए । उनले अंग्रजीमा जवाफ दिए– ‘भेरी सून’ ।

भिडभाडका र सुरक्षाका कारण उनले थप प्रतिक्रिया दिएनन् । तर रिहा भएपछि सन्दीप खुसी देखिन्थे ।

बाक्लो संख्याका उपस्थित भएका उनका समर्थकले नाराबाजीसमेत गरेका थिए ।

उनी उच्च अदालतको पाटनको आदेश बमोजिम रिहा भएका हुन् । पुर्पक्षका लागि थुनामा राख्‍ने जिल्ला अदालत कठमाडौंको आदेश बदर गर्दै न्यायाधीश ध्रुववराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी थुनामुक्त गर्न आदेश दिएको थियो ।

अदालतले उनलाई साार्वजनिक रुपमा अभिव्यक्ति नदिने सर्तमा रिहा गर्ने आदेश दिएको हो ।