२८ बैशाख २०८१, शुक्रबार

विहीवारको मौसम : तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

weather aajko mausam

सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको छ । पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (बिहीबार) दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै तथा वाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनीको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले नियमित बुलेटिनमार्फत जनाएको छ । विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका भूभागमा तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै तथा वाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध पनि गरेको छ ।

    सम्बन्धित समाचार...