४ जेष्ठ २०८१, शुक्रबार

फुटबल खेलबाट सन्यास लिने बेलको घोषणा

gareth bale

वेल्सका कप्तान ग्यारेथ बेलले ३३ वर्षको उमेरमा खेलाडी करियरबाट सन्यासको घोषणा गरेका छन् ।

आफ्नो राष्ट्रबाट सबैभन्दा धेरै क्याप जित्ने र गोल गर्ने बेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सन्यासको घोषणा गरेका हुन् ।

बेल वेल्स फुटबलले पाएको सबैभन्दा राम्रा खेलाडी हुन् । उनले धेरै सोचविचारपछि यो निर्णय लिएको उक्त स्टाटसमा उल्लेख गरेका छन् ।

आफूलाई सबैभन्दा मनपर्ने खेल खेल्ने सपना साकार गर्न पाउँदा निक्कै भाग्यमानी ठानेको उनको भनाइ छ । कार्डिफमा जन्मिएका बेलले इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनबाट व्यवसायिक करियरको सुरुवात गरेका थिए । त्यसपछि उनी टटेनहम हुँदा कीर्तिमानी रकममा स्पेनिस जायन्ट रियाल मड्रिडमा अनुबन्ध भएका थिए ।

बेल सन् २०१३ को सेप्टेम्बरमा रियालमा ८० मिलियन पाउन्डमा भित्रिएका थिए । स्पेनिस लिगमा उनको बसाइ सबैभन्दा सुखद रह्यो । उनले रियाललाई तीन ला लिगा जिताएका थिए । उनले रियालबाट पाँच पटक च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, तीन युएफा सुपर कप र एक स्पेनिस कप जितेका थिए ।

सन् २०१६ देखि २०२२ सम्म वेल्सले हासिल गरेका सबै सफलतामा उनी प्रमुख भुमिकामा थिए । उनको कप्तानीमा वेल्स सन् १९५८ पछि पहिलो पटक फिफा विश्वकपमा छनौट भएको थियो भने युरोपेली च्याम्पियनसिपमा पनि राम्रो छाप छोड्न सफल भएको थियो ।

बेलले अन्तर्राष्ट्रिय करियरमा एक सय ११ खेल खेल्दा ४१ गोल गरेका छन् । पछिल्लो समय अमेरिकाको मेजर सकर लिग क्लब लस एन्जलसमा व्यवसायिक फुटबल खेलेका उनले व्यवसायिक करियरमा एक सय १५ गोल गरेका छन् ।

    सम्बन्धित समाचार...