४ जेष्ठ २०८१, शुक्रबार

संसदमा जनताको आवाज बल्ल प्रतिध्वनि भयो : शरदसिंह भण्डारी

saradshing bhandari

लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारीले संसदमा बल्ल जनताको आवाज प्रतिध्वनि भएको बताएका छन् । 

उनले सोमबार (आज)बाट सुरु भएको प्रतिनिधिसभाकाे बैठकमा यसपटक भने जनताको आवाज प्रतिध्वनि भएको बताएका हुन् । यसरी संसदमा जनताको आवाज प्रतिध्वनि भएमा जनताको आक्रोश सडकमा नपोखिने उनको भनाइ छ । 

सबै दलहरूलाई एक स्थानमा उभिएर समस्या समाधान गर्न जनताले मत दिएको बताउँदै उनले संविधानले प्रत्याभूत गरेअनुसार काम गर्नुपर्ने बताए । अन्यथा नयाँ दल र युवालाई समेत जनताले विश्वास गर्न सक्ने अवस्था पनि नरहने बताए । 

भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टीले सहयोग गर्ने उनले बताए । 

    सम्बन्धित समाचार...