१५ चैत्र २०८०, बिहीबार

कर्णालीमा खस्यो ५० यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिपर

accident

बुधबार ना८ख ५१३३ नम्बरको टिपर कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट कर्णाली नदीमा खसेर दुर्घटनामा परेको छ ।

उक्त टिपरमा भारतबाट आएकाहरु र रामेछापबाट भित्रिएकाहरु रहेका बुझिएको छ । उनिहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा टिपर दुर्घटना भएको हो ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ भने करिब ३० भन्दा बढी हराइरहेका छन् । उनीहरू कर्णाली नदीमा हराएकाे आशंका गरिएकाे छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे र जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुगेका छन् । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् ।