१६ बैशाख २०८१, आईतवार

दाहाल नेतृत्वको सरकारलाई राप्रपाले विश्वासको मत दिने

rajendra lingden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग नेता बुद्धिमान तामाङले यसबारे जनाएका हुन् । उनले आजको बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहेका उपाध्यक्ष ध्रुव प्रधानले प्रतिनिधिसभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकबारे पार्टीका सांसदहरुलाई जानकारी गराएको जनाए । तामाङले प्रतिनिधिसभाको पहिलो बैठक र विश्वासको मतबारे छलफल केन्द्रित रहेको पनि जनाए ।

उनले भने, ‘खास गरेर हाम्रो संसदीय दलको बैठक संसदीय दलका नेता पार्टी अध्यक्षको नेतृत्वमा बस्यो । बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका हाम्रा उपाध्यक्ष ध्रुव प्रधानजीले भोलि र पर्सिको कार्यक्रमहरु बारेमा जानकारी गराउनुभयो । त्यही विषयमा छलफल भयो । सरकार बनाउन हामीले पहल गरेको नेतालाई नै विश्वासको मत दिन्छौँ । तर निर्णय भने भइसकेको छैन ।’

नेता तामाङले आफूले सरकार बनाउन पहल गरेका नेतालाई विश्वासको मत दिने भए पनि पार्टीबाट औपचारिक निर्णय भने हुन बाँकी रहेको जनाए ।

    सम्बन्धित समाचार...