१४ बैशाख २०८१, शुक्रबार

बैंकहरूको कर्जाको आकार मुलुकको अर्थतन्त्रबराबर पुग्न लाग्यो : खतिवडा

Yubaraj Khatiwada

पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाहरूको कर्जाको आकार मुलुकको अर्थतन्त्र बराबरा पुग्न लागेको जनाएका छन् ।

आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै खतिवडाले बैंकहरूले कर्जाको आकार बढाउँदा जोखिम आउनसक्ने जनाए । उनले त्यसको न्यूनीकरण लागि कर्जाको गुणस्तर बढाउन आवश्यक रहेको बताए ।

‘विश्वका १४० मुलुकको कुल गार्हस्थ उत्पादनको अनुपातमा बैंकको पुँजीकरणको तुलना गर्दा नेपाल २१ औं उच्च पुँजीकरण भएको देशमा पुगेको छ । बैंक तथा वित्तिय क्षेत्रको कर्जा अर्थतन्त्रको आकार बराबर हुन पुगेको छ । पूर्वअर्थमन्त्री खतिवडाले सो आकार अझै ठुलो हुने अवस्था देखिएको उल्लेख गर्दै भने, ‘यो भोलिको दिनमा वित्तिय प्रणालीको लागि संकटको संकेत हो । त्यसैले कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक भएको छ ।’

खतिवडाले कुल गार्हस्थ उत्पादनको अनुपातमा गत वर्ष बैंकहरूको सम्पत्ति १२३ प्रतिशत पुगेसँगै बैंकको कुल पुँजीकरणमा नेपाल विश्वमा अधिक पुँजीकरण हुने १४० देशमा २३ औं स्थानमा पुगेको जानकारी दिए ।

    सम्बन्धित समाचार...