१४ बैशाख २०८१, शुक्रबार

हलचोक पुगेर गृहमन्त्रीले भने- अब प्रहरीको सरुवा बढुवामा विभेद् हुनेछैन

homeministerrabilamichhane 1673094530

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवामा अब कुनै विभेद नहुने स्पष्ट पारेका छन् । शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि गृहमन्त्री लामिछानेले सरुवा, बढुवालगायका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानको आधारमा हुने स्पष्ट पारेका हुन् ।

सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले अब त्यस्तो नहुने उल्लेख गरे ।

यसअघि नै गृहमन्त्री लामिछानेले प्रहरी अधिकारीहरुलाई आफ्नो व्यक्तिगत चाहना पूरा गर्न राजनीतिकज्ञ तथा अन्य माथिल्लो निकायमा भनसुनका लागि नधाउन निर्देशन दिइसकेका छन् ।

गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराइ तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाइ प्राप्त जिम्मेवारीलाई कुशलताका साथ निभाउन पनि आग्रह गरे । उनँले विगतमा भएका कमजोरीलाई सुधार गर्दै प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

तराईको चर्को गर्मीदेखि हिमालको ओलाङचुङगोला र छाङ्रुको कठ्यांग्रिँदो चिसोसँगै तैनाथ अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर रहेको बताउँदै क्षमताले भ्याएसम्म पूर्वाधार विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री लामिछानेले भने, ‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत सेवा गर्नु, खबरदारी र ड्युटी गर्नु देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाइ राज्यप्रदत्त जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्दै आइरहेको बताए ।

सो क्रममा गृहमन्त्री लामिछानेले सशस्त्र प्रहरीको केन्द्रीय आदेशकक्ष, अनुगम सेल, केन्द्रीय संग्रहालय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामग्री अवलोकन तथा गोताखोर टोलीसँग उद्धारका विषयमा जानकारी लिएका थिए ।

homeministerrabilamichhane23 1673094449