७ बैशाख २०८१, शुक्रबार

२२ औं आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबलाई

sankata club 1

संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताए । खेलको सातौं मिनेटमा संकटाले पहिलो अग्रता लिएको थियो । सुरजज्यु ठकुरीले खेलको सातौं मिनेटमै गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । संकटाका लागि दोस्रो गोल मेसुकीले गरे ।

३४ औं मिनेटमा मेसुकीले गोल गर्दा संकटाले अग्रता बढायो । तर पहिलो हाफमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो । ३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गरे । २-१ ले पछि परेको बीवाइएससीले पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्दै खेल बराबरी गर्‍यो । बीवाइएससीका लागि विलिस ग्रिफिथले गोल गरे ।

संकटाका लागि ११६ औं मिनेटमा कप्तान सुनील वलले गोल गर्दै संकटालाई जित दिलाए ।

    सम्बन्धित समाचार...