१५ बैशाख २०८१, शनिबार

कुख्यात लागूऔषध कारोबार नायिक गुजम्यानका छोरा पक्राउ

Ovidio Guzman detencion

मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके जोआकिन “एल चापो“ गुजम्यानका छोरालाई बिहीबार पक्राउ गरेका छन् ।

“एल रटन“ (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सैन्य विमानमा मेक्सिको सिटी लगिएको रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले पत्रकारहरूलाई भने ।

३२ वर्षीय ओभिडियो गुजम्यानको गिरफ्तारी छ महिनाको खुफिया कार्यको परिणाम रहेको बताइएको छ । 

अमेरिकाले ओभिडियो गुजम्यानलाई कुख्यात सिनालोआ कार्टेलको प्रमुख खेलाडी भएको आरोप लगाउँदै पक्राउ गर्ने जानकारीको लागि ५० लाख डलर इनाम प्रस्ताव गरेको थियो।

गिरफ्तारका क्रममा २९ जनाको निधन

सिनालोआमा मेक्सिकोको लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा गिरोहका १९ संदिग्ध सदस्य र १० सैन्य कर्मचारीको निधन भएको, रक्षा मन्त्री स्यान्डोभलले जानकारी दिए । 

मेक्सिकोका सुरक्षा बलहरूले गुजमानलाई बिहीबार बिहानै पक्रेको थियो । पक्राउपछि गिरोहका सदस्यहरूसँगको झडप र गोली हानाहानका क्रममा २९ जनाको निधन भएको बताए ।

गुजमानलाई घरमा पक्राउपछि हेलिकप्टमार्फत मेक्सिको सिटीमा उडाइएको थियो । त्यसलगत्तै कडा सुरक्षबीच जेलमा लगिएको थियो । 

मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके गुजम्यानलाई  पक्राउ गरेको थियो । 

“एल रटन“ (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सेनाको हेलिकोप्टरमा राखेर मेक्सिको सिटी लगिएको रक्षा मन्त्रीले बताए ।

सन् २०१९ देखि अमेरिकामा आजीवन कारावासको सजाय भोगिरहेका एल चापोको लागुऔषध सन्जाल विश्वकै सबैभन्दा ठूलो मानिन्छ । एल चापोमाथि लागुऔषध तस्कर र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग छ । अमेरिकाले गत डिसेम्बरमा ओभिडिओको पक्राउसम्बन्धी सूचना दिनेलाई ५० लाख डलरको पुरस्कार दिने घोषणा गरेको थियो ।

MexicoArrestofElChapoDSVD 1673017092

    सम्बन्धित समाचार...