४ बैशाख २०८१, मंगलवार

पीएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

psg

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको अन्तिम ३२ मा स्थान बनाएको छ ।

गएराति भएको खेलमा लिग वान क्लब पीएसजीले सतुंहुलाई तीन-एक गोलले पराजित गरेको हो । पीएसजी प्रशिक्षक क्रिस्टोफ ग्लाटियले तेस्रो डिभिजनको क्लबविरुद्ध युवा खेलाडीलाई मौका दिएका थिए ।

पीएसजीले १३औं मिनेटमा इगो इकी टिकेको गोलमार्फत अग्रता लिएको थियो । ३७औं मिनेटमा नाटानिएल एन्टोलाले बराबरी गोल फर्काए । नेइमार, लियोनल मेसी, किलियन एम्बाप्पे, असरफ हकिमीविनाको पीएसजीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो ।

७८औं मिनेटमा कार्लोस सोलरले फेरि पीएसजीलाई दुई-एकले अघि बढाए । इन्जुरी समयमा वार्न बरनटको गोलसँगै पीएसजीले राउन्ड अफ ६४ मा सहज जित हात पार्यो ।

    सम्बन्धित समाचार...