२३ बैशाख २०८१, आईतवार

आहा ! रारा पोखरा गोल्डकपको फाइनल आज

32053046153179131716479578223539295961906571n 1673026938

२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ ।

पोखरा रङ्गशालामा हुने फाइनलमा सङ्कटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १:३० बजे सुरु हुने आयोजकले जनाएको छ ।

संकटा एक पटकको च्याम्पियन समेत हो । भुटनीज भन्दा दोस्रो पटकको सहभागितामा फाइनल पुगेको हो । सङ्कटा समिफाइनलमा एपीएफ क्लबलाई ४–१ ले हराउँदै फाइनल पुगेको हो भने भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० ले हराएको हो ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

    सम्बन्धित समाचार...