
श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गोली हानी हत्यापछि आत्महत्या गरका छन् ।
एनोक शहरको सानो उटाह बस्तीमा पुलिसले आठ जनाको शव फेला पारेका थिए । मारिनेमध्य एक चारवर्षीय बालक पनि थिए । मारिने सबैलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
‘संदिग्ध व्यक्तिले घरमा अन्य सात जनालाई मारेर आफ्नो ज्यान लिएका थिए,’ सहरको एक विज्ञप्तिमा भनिएको छ ।आक्रमणकारी ४२ वर्षीय माइकल हाइट रहेको जनाइएको छ ।
मृत्यु हुनेमा उनकी श्रीमती, सासु, र दम्पतीका पाँच सन्तान छन् । सन्तानहरुमा चार देखि १७ वर्षका तीन छोरी र दुई छोरा थिए ।
एनोक मेयर जेफ्री चेस्नटले स्पष्ट रूपमा वैवाहिक विच्छेदपछि गोलीबारी भएको बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
https://twitter.https://twitter.com/LaurenSnews/status/1611057908606988289?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1611057908606988289%7Ctwgr%5E78765c23b22637abdc7c2991804f142fef7a97a4%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fwww.presstv.ir%2FDetail%2F2023%2F01%2F05%2F695800%2FMan-in-US-kills-his-family-of-seven-then-self–Utah-policecom/LaurenSnews/status/1611057908606988289?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1611057908606988289%7Ctwgr%5E78765c23b22637abdc7c2991804f142fef7a97a4%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fwww.presstv.ir%2FDetail%2F2023%2F01%2F05%2F695800%2FMan-in-US-kills-his-family-of-seven-then-self–Utah-police