१३ बैशाख २०८१, बिहीबार

कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै भिडभाड हुने स्थान र सार्वजनिक यातायातको साधनमा स्वास्थ्य सतर्कता अपनाउन प्रशासनको अनुरोध

Prasasan cdo lamjung

कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

नेपालमा संक्रमण कम हुँदै गए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायतका केही देशहरूमा संक्रमणको नयाँ स्वरूप देखापरेकाले सतर्क रहन भनिएको छ । नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै समयमै सजग र सूसूचित हुन आवश्यक रहेको कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले सूचना सार्वजनिक गर्दै नागरिकमा सतर्क रहन भनिएको छ ।

बढी भिडभाड हुने स्थान तथा सार्वजनिक यातायातको साधनहरूमा मास्क तथा स्यानीटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । एक अर्कामा भौतिक दूरी कायम राख्न, व्यक्तिगत सरसफाइलगायतको आवश्यक स्वास्थ्य प्रोटोकलको पूर्ण पालनाका लागि नागरिकलाई सचेत गराएको छ ।