३१ बैशाख २०८१, सोमबार

नयाँ सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्छ : वामदेव गौतम

bam dev gautam
फाइल फोटो

राष्ट्रियसभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने जनाएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले वर्तमान सरकारले मुलुकभित्रै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताए ।

नेपालमा सम्पूर्ण खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले मुलुक गरिबी भएको भन्दै गौतमले चिन्ता जनाए । अहिले विश्वका अन्य देशभन्दा अर्थतन्त्रमा नेपाल पछाडि परेको उनको भनाइ छ ।

सांसद गौतमले अब सबैले समाजवादी उत्पादन, वितरणमा सरकारले जोड दिन आवश्यक रहेको बताए । सरकारले मुलुकभित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्नेमा गौतमले जोड दिए । उनले खाद्यान्न, फलफूल, औषधिलगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुकभित्रै रोजगारी सिर्जना हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाए । कांग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरुमा अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको उनको भनाइ छ ।

    सम्बन्धित समाचार...