२० बैशाख २०८१, बिहीबार

सांसदद्वय माया राई र प्रेम आलेले लिए शपथ

323363081 808734927467663 8081762437525866727 n.jpg

प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन् ।

गत ७ पुसमा भएको शपथ कार्यक्रममा राई र आले उपस्थित भएका थिएनन् । राई सुत्केरी भएर अस्पतालमा थिइन् । आले भने आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन् । राईलाई नेपाली कांग्रेसले समानुपातिकबाट र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् । 

    सम्बन्धित समाचार...