१३ बैशाख २०८१, बिहीबार

अत्यधिक जाडोले तराईको जनजीवन प्रभावित

Chiso Jado

तराईका जिल्लाहरूमा पु्स महिनाको तेस्रो सातासम्म आइपुग्दा अत्यधिक चिसो बढेको छ ।

पश्चिमी वायुको प्रभावले दुई दिनदेखि तराईमा घाम लाग्न नसकेपछि यस वर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ ।

न्यानो लुगा र तातो खानाको अभाव झेलिरहेका अति विपन्न वर्ग चिसोबाट जोगिन आगो तापेर दिन काट्न बाध्य छन् ।

सर्वसाधारणमा स्वास्थ्य समास्या देखिन थालेपछि तातो खाना, न्यानो लुगा लगाउन र बिना कुनै काम घर बाहिर ननिस्कन चिकित्सकहरुको सुझाव छ।

अत्यधिक चिसो सिरेटोका कारण वृद्धवृद्धा, बालबालिका, सुत्केरी तथा असक्त व्यक्तिहरू बढी समस्यामा परेका छन् भने भिजिबिलिटी कम हुँदा विमान सेवासमेत प्रभावित हुँदै आएको छ ।

    सम्बन्धित समाचार...