२२ बैशाख २०८१, शनिबार

विश्व इतिहासमा आज भएका घटनाक्रम यी हुन्

world

आज सन् २०२३ को २ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

स्कटल्यान्डमा ६६ फुटबल फ्यानको मृत्यु

सन् १९७१ को २ जनवरीमा खेल क्षेत्रमा नै एउटा दुःखद घटना भएको थियो । स्कटल्यान्डको ग्लास्गोमा दुई ओटा क्लबबीच आयोजित फुटबल खेलमा भएको झडपमा ६६ जना फुटबल प्रशंसकको मृत्यु हुनुका साथै २०० जना घाईते भएका थिए ।

राष्ट्रपति हुनुअघि रेगानले गभर्नरको सपथ खाएको दिन

सन् १९६७ को २ जनवरीमा रोनाल्ड रेगानले क्यालिफोर्निया राज्यको गभर्नरको सपथ खाएका थिए । रेगान सन् १९८१ मा उनी अमेरिकाको ४० औं राष्ट्रपति बनेका थिए ।

लुना १ अन्तरिक्षमा

सन् १९५९ मा सोभियत संघको अन्तरिक्ष यान लुना १ चन्द्रमाको नजिक र सूर्यको कक्षमा पुगेको थियो । लुना १ चन्द्रमानजिक र सूर्यको कक्षमा पुग्ने पहिलो यान हो ।

नयाँ ग्रह पत्ता लागेको दाबी

सन् १८६० मा अर्बान ली भेअिरले भुल्कान नामक ग्रह पत्ता लगाएको दाबी गरेका थिए । तर, उनको दाबी हालसम्म पनि पुष्टि हुन सकेको छैन् । वृहत खोजीका बाबजुद सो ग्रह अहिलेसम्म देखिएको छैन् । 

    सम्बन्धित समाचार...