४ जेष्ठ २०८१, शुक्रबार

रसफोर्ड चम्किदा युनाइटेडको सहज जित

united

मार्काेस रसफोर्ड चम्किदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फोरेस्टलाई ३–० अन्तरले पराजित गरेको हो । 

मंगलबार राति भएको खेलमा रसफोर्डले एक गोल र एक असिस्ट प्रदान गरेका थिए । युनाइटेडको जितमा रसफोर्डसँगै एन्थोनी मार्टिअल र फ्रेडले समान एक एक गोल गरे । 

खेलको १९औं मिनेटमा रसफोर्डले क्रिस्टियन एरिक्सनको पासमा गोल गरे । रसफोर्डको पासमा मार्टिअलले २२औं मिनेटमा २–० को अग्रता बनाए । दोस्रो हाफमा घरेलु टोली युनाइटेडले एक गोल थप्यो । 

कासेमेरोको पासमा फ्रेडले तेस्रो गोल गरे । जितसँगै एरिक टेन हागको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेड १५ खेलबाट २९ अंक सहित पाँचौ स्थानमा छ । पराजित फोरेस्ट १३ अंक सहित रेलिगेशन क्षेत्रमा छ । 

    सम्बन्धित समाचार...