१७ बैशाख २०८१, सोमबार

पोखराबाट सुरु फिल्म ‘तिम्रो मेरो साथ’को मोफसल टुर

image 6483441 2

आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’को मोफसल टुर आज मंगलबार पोखराबाट सुरु भएको छ । फिल्मका निर्देशक रमेश एमके पौडेलकका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ ।

फिल्मको सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफु र आफ्नो टिम निकै उत्साहित भएको निर्देशक पौडेलले सुनाए । आजबाट मोफसल यात्रामा निस्केको फिल्मको टिमलाई पोखरामा दर्शक तथा त्यहाँ सञ्चालनमा रहेका मिडियाकर्मीबाट मिलेको साथले पनि निकै ठुलो हौसला मिलेको फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन् ।

मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले बताए । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । फिल्मको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

image 6483441 1
image 6483441 2
image 6483441 3

    सम्बन्धित समाचार...