२१ बैशाख २०८१, शुक्रबार

रुसी बम बर्षक आधारमा युक्रेनको हमला, तीन जनाको निधन

FjTLtnVXoAAHsUd

दक्षिणी रुसमा बम वर्षकहरुको एउटा हवाई आधारमा युक्रेनले ड्रोन आक्रमण गर्दा तीन जनाको निधन भएको मस्कोले जनाएको छ ।

एयर डिफेन्सले ड्रोनलाई इंगेल्स आधार नजिकै खसालेको थियो, तर भग्नावशेष खसेर तीन जना प्राविधिक कर्मचारीको निधन भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

यसै महिनाको सुरुमा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्ने बमवर्षकहरूको घर एयरफिल्डमा यस्तै आक्रमण गरेको युक्रेनलाई आरोप लगाएका थियो ।

आधार युक्रेनको सिमानाबाट करिब ६५० किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ ।

युक्रेनी सेनाले आधिकारिक रूपमा पछिल्लो हमलालाई स्वीकार गरेको छैन । तर, ती विस्फोटहरू युक्रेनी भूमिमा रसियाले गरिरहेको परिणाम भएको वायुसेनाका प्रवक्ता युरी इहनातले बताए । 

    सम्बन्धित समाचार...