२१ बैशाख २०८१, शुक्रबार

डेरा खोज्दै सिके राउत काठमाडौंमा

ck raut
फाइल फोटो

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् ।

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । 

सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर/डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।

उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’

जनमत सरकारमा गएपनि सिके भने आफू मन्त्री बनेका छैनन् ।

    सम्बन्धित समाचार...