२५ बैशाख २०८१, मंगलवार

नेपाली कांग्रेसले प्रदेश १ मा संसदीय दलको नेता छान्न ५ सदस्यीय निर्वाचन समिति गठन गर्‍यो

nepali congress

नेपाली कांग्रेसले प्रदेश १ मा संसदीय दलको नेता छान्न ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो । 

समिति सदस्यमा कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, रेगिना भट्टराई, लक्ष्मी चौधरी र नन्द नेम्वाङ रहेका छन् ।

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेताका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, केन्द्रीय सदस्यहरु अमृत अर्याल, प्रदीप सुनुवार, भीम पराजुली र प्रदेश समिति सभापति समेत रहेका उद्धव थापा आकांक्षी छन् । पार्टीको संस्थापन पक्षका अर्याल र सुनुवार, कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका पराजुली र थापा र संस्थापन इत्तर पक्षबाट कार्की हुन् ।