
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन मन्त्रीलाई शपथ खुवाएकी हुन् ।
एमालेबाट मन्त्री बनेका दामोदार भण्डारी, राजेन्द्र राई, ज्वालाकुमारी साह र जनमत पार्टीका अब्दुल खानले शपथ लिएका हुन् ।
मन्त्रीका लागि एमालेले सिफारिस गरेकी साह भने शपथ ग्रहण कार्यक्रममा केही ढिला पुग्दा उनलाई राष्ट्रपति भण्डारीले एक्लै शपथ खुवाएकी थिइन ।
