६ जेष्ठ २०८१, आईतवार

पद तथा गोपनीयताको शपथ ग्रहण लिए प्रदेश १ का प्रदेशसभा सदस्यले

pradesh 1 province 1

प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

प्रदेश प्रमुखको कार्यालयमा गनगाईलाई केही समय अघि प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराए थिए । बाँकी ९२ सांसदलाई प्रदेश सभा बैठक कक्षमा शपथ गराइएको हो ।

जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारु भाषामा शपथ लिएका छन् ।

लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली काँग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले यक्थुम लिम्बू भाषामा शपथ लिएका छन् ।

यस्तै, सुनसरीबाट नेपाली काँग्रेसको समानुपातिक सूचीमा परेकी सुनिता गच्छदारले थारु भाषामा शपथ ग्रहण लिएकी छिन् । बाँकी ८६ जनाले नेपाली भाषामा शपथ लिएका छन् । 
प्रदेश १ मा प्रत्यक्ष तर्फ ५८ र ३७ समानुपातिक गरी ९३ सांसद छन् । 

    सम्बन्धित समाचार...