२१ बैशाख २०८१, शुक्रबार

अष्ट्रियामा हिमपहिरोमा १० जना पयर्टक पुरिए

austriya

पश्चिमी अष्ट्रियाको लेच–जुएर्स फ्री स्कीइङ क्षेत्रमा आइतवार भएको हिमपहिरोमा झण्डै १० जना पयर्टक पुरिएको अष्ट्रियन प्रेस एजेन्सी (एपीए)ले रिपोर्ट गरेको छ । हिपहिरोमा पुरिएकामध्ये एक व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । 

‘एकजनाको सफलतापूर्वक उद्धार भएको छ भने अरुलाई खोज्ने प्रयास जारी छ’ प्रहरीले भनेको छ । हिमपहिरो स्थानीय समयअनुसार क्रिसमसको दिन दिउँसो ३ बजे गएको थियो । लगत्तै खोजी टोली र विभिन्न हेलिकप्टरहरू तैनाथ गरिएको थियो । 

‘फसेकाहरूलाई बचाउनको लागि सक्दो प्रयास गरिरहेका छौं’ लेचको नगरपालिकाले भन्यो ।

    सम्बन्धित समाचार...