२४ बैशाख २०८१, सोमबार

सरकारमा सहभागी हुने मन्त्री छान्न सत्ता गठबन्धनको बैठक बस्दै

kkkkk.jpg
फाइल फोटो

नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ ।

सिंहदरबारमा बिहान ११ बजेपछि गठबन्धनको बैठक बस्न लागेको हो । मन्त्री छान्न गठबन्धनको बैठक बस्न लागेको एक नेताले बताए ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज सानो आकारको मन्त्रिमण्डल गठनको तयारी गरेका छन् ।

अपराह्न ४ बजे दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम तय भएको छ । त्यसक्रममा सरकारमा सहभागी हुने केही मन्त्रीलाई समेत शपथ गराउने तयारी रहेको छ । त्यसअघि माओवादी पदाधिकारी बैठक बसिरहेको छ ।

नेकपा एमालेसहित ७ दलीय समीकरण बनाएर माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

उनलाई नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूको समर्थन छ ।

माओवादी अध्यक्ष दाहाल मुलुकको ४४ औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।