१४ बैशाख २०८१, शुक्रबार

कतिमा हुँदै छ विदेशी मुद्रा कारोबार ?

currency dollar

नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ३९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३ पैसा र अष्ट्रेलियन डलरएकको खरिदमूल्य ८८ रुपैयाँ ६० पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३ पैसा रहेको छ । 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३३ पैसा र बिक्रीमा १० रुपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९६ पैसा र बिक्रीमा १७ रुपैयाँ ४ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ७० पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६५ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८६ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४५ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

    सम्बन्धित समाचार...