६ जेष्ठ २०८१, आईतवार

बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

surendra basnet

नेपालको निजी विमान सेवा बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

बस्नेतको जन्मथलो भोजपुरको दिंगलास्थित साल्मा हो । उनले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए।

उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए। उनले आफ्नो जीवनकालमा थुप्रै सरकारी जिम्मेवारी सम्हालेका थिए ।

सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्।

उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए । हाल बुद्ध एयरको प्रबन्ध निर्देशकका रुपमा उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले सम्हालिरहेका छन् ।

देशमा परिआएको विभिन्न समस्या छानबिन तथा निरूपणका लागि शाही आयोगहरूमार्फत सेवासमेत प्रदान गरेका थिए।

हवाई उडानलाई सहज र सरल बनाई सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई जान्छ। बस्नेतका २ छोरा र एक छोरी छन्।

    सम्बन्धित समाचार...