१५ चैत्र २०८०, बिहीबार

आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो

corona nepal

आइतबार २१३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा अब नेपालमा विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्।

नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

संक्रमित मध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरु रहेको मन्त्रालयले जनाएको छ। यो सँगै, नेपालमा संक्रमित संख्या ३४४८ पुगेको छ। शनिबार तीन २३ संक्रमित थपिएका थिए। लगातार बढिरहेको संक्रमित दर आइतबार भने घटेको छ।

नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार, आइतबारसम्म पीसीआर विधिबाट ९६ हजार २०५ जनाको परीक्षण गरिएको छ।

देशभर १ एक ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। त्यस मध्ये २९६८ जना आइसोलेसनमा छन्। सरकारले क्वारेन्टिनमा रहेका सवैलाई पीसीआर परीक्षण नगराउने तर, आइसोलेसनमा रहेका सबैको परीक्षण गराउने तयारी गरेको छ।

आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। 

डा. देवकोटाको अन्तिम कोरोना लाइभ: ‘अब म आउँदिन’

devkota

डा. विकास देवकोटाले अब आफू स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेबारीमा नरहेको औपचारिक जानकारी दिएका छन् ।

मन्त्रालयको नियमित प्रेस बिफ्रिङको क्रममा उनले जिम्मेबारी हेरफेर भएकोले अबदेखि लाइभ प्रसारणमा समेत आफू उपस्थित नहुने जानकारी दिए ।

आइतबारको नियमित प्रेस बिफ्रिङको अन्त्यमा उनले भने, ‘मेरो जिम्मेबारी हेरफेर भएको छ । प्रवक्ताको रुपमा अब म रहने छैन।’

उनले मन्त्रालयको प्रवक्ताका रुपमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

‘माननीय मन्त्रीज्यूसहित मेरो टिमका सबै साथीहरु र मिडियाकर्मीलाई पनि धेरै धेरै धन्यवाद। फोन नउठेको गुनासो यहाँहरुले धेरै गर्नुभएको थियो। परिस्थिति नै त्यस्तो थियो भनेर बुझिदिनुहोला’, डा. देवकोटाले भने।

उनले आफूले सुरु गरेको नियमित प्रेस बिफ्रिङ भने सुचारु नै रहने जानकारी दिए।

‘हामीले सुरु गर्‍यौँ तर यो नियमित नै रहन्छ, नयाँ प्रवक्ताज्यूलाई पनि सहयोग गरिदिनुहोला। लाइभमा बाहेक अन्य हिसाबले यहाँहरुसँग म जोडिने नै छु’, उनले भने।

कोरोना महामारी सुरु हुनुअघिदेखि नै स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका डा. विकास देवकोटालाई हटाएर उनको ठाउँमा डा. जागेश्वर गौतमलाई ल्याइएको छ।

स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको हो। गौतम यसअघि प्रसूति गृहका प्रमुख थिए।

डा. देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

आज एकैदिन १०२ जना कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा आइतबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय पुरुष र २ जना महिलाहरु अस्पतालबाट डिस्चार्ज भएका हुन्। 

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ४६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा २१३ संक्रमित थपिएका छन्।

संक्रमितमध्ये २०९ पुरष र ४ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।