२० बैशाख २०८१, बिहीबार

विश्व इतिहासमा आजः अमेरिकी सेनामा समलिंगीलाई भर्तीदेखि रोमानियाका राष्ट्रपतिको हत्या

world

आज २२ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

अमेरिकी सेनामा समलिंगीलाई भर्ना

सन् २०१० मा अमेरिकी सेनामा ‘नसोध, नभन’ भन्ने नीति लागू गरिएको थियो । अमेरिकी सेनामा समलिंगीलाई पनि  भर्ना गर्ने योजनास्वरुप तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो नीतिमा हस्ताक्षर गरेका थिए । त्यससँगै समलिंगीलाई सेनामा भर्ती हुने बाटो खुलेको थियो ।

रोमानियाका राष्ट्रपति र प्रथम महिलाको हत्या

देशव्यापी विशाल प्रदर्शनपछि सन् १९८९ मा रोमानियाका कम्युनिस्ट राष्ट्रपति निकोलेइ सिउसेस्कु पदमुक्त भएका थिए । पदमुक्त भएपछि राष्ट्रपति र उनकी पत्नी एलिनाले देश छोड्ने प्रयास गरेका थिए । प्रदर्शनकारीले उनीहरुलाई प्रकाउ गरेर गोली हानेर हत्या गरेका थिए । सन् १९८० को दशकमा कम्युनिस्ट सरकार अपदस्थका लागि रोमानिया क्रान्ति स्मरणीय छ ।

लिंकन सुरुङ

सन् १९३७ को २२ डिसेम्बर अर्थात आजकै दिन लिंकन सुरुङ खुला गरिएको थियो । १ दशमलब ५ माइल (२ दशमलब ४ किलोमिटर) लामो सो सुरुङ हड्सन नदीमुनि छ । सुरुङले न्यु जर्सी र न्युयोर्क सहर  जोड्छ ।

प्रथम विश्वयुद्धबारे अमेरिका र बेलायतका नेताबीच भेटवार्ता

सन् १९४१ मा अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजेभेल्ट र बेलायतका प्रधानमन्त्री विनस्टन चर्चिलबीच वासिंगटन डीसीमा भेट भएको थियो । प्रथम विश्व युद्धबारे छलफल र रणनीति तय गर्न दुई नेताबीच छलफल भएको थियो । 

कारजाईद्वारा अन्तरिम सरकारको जिम्मेवारी
सन् २००१ मा  अफगानिस्तानका तत्कालीन राष्ट्रपति हमिद कारजाईद्वारा अन्तरिम सरकारको जिम्मेवारी ग्रहण गरेका थिए  ।

खडेरी सामना गर्न भारतलाई अमेरिकी सहयोग
सन् १९६६–भारतलाई खडेरीको सामना गर्न अमेरिकाद्वारा ९ लाख टन खाद्यान्न सहयोग घोषणा ।

    सम्बन्धित समाचार...