१७ बैशाख २०८१, सोमबार

पुरानो कुरा सम्झिँदै साम्राज्ञीले भनिन् – ‘त्यो बेला बच्चै, के के बोलेँ’

318220510 178599631428085 8403897237504084324 n

साम्राज्ञी कसरी छान्छिन् फिल्म ?

डेब्यु फिल्मबाटै सफलताको स्वाद चाखेकी अभिनेत्री साम्राज्ञी आरएल शाहको करिअर अहिले ‘पिकआवर’मा छ । अनमोल केसीसँग स्क्रिन सेयर गर्दै फिल्म ‘ड्रिम्स’बाट सानदार डेब्यू गरेकी उनले दोस्रो फिल्म ‘ए मेरो हजुर २’बाट स्टारडम चुल्याइन् ।

पहिलो फिल्मबाटै सफलता पाएकी उनले त्यसपछि पछाडि फर्कनु परेन। उद्योगमा उनका फिल्म केही औसत चले, केही ब्लकबस्टर भए। उनले अनमोल केसीदेखि सलिनमान बनियाँसम्मका कलाकारसँग काम गरिन्।

तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले पनि उनलाई निराश बनाएन । तर, त्यसयता उनले आशा गरेका फिल्मबाट सफलता देख्न पाएकी छैनन् । यद्यपि, त्यसले उनको करिअरमा खासै ठूलो प्रभाव पारेको देखिएको छैन ।

उनलाई लिएर फिल्म बनाउन चाहने मेकरको संख्या ठूलो छ । तर, उनी फिल्म छनोटमा चुजी रहेको विश्लेषण हुने गर्छ । आखिर उनले फिल्म चाहिँ कसरी छान्छिन् त रु यसबारेमा मंगलवार ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, ‘स्क्रिप्टहरु आइरहेको हुन्छ । त्यसमध्ये १० प्रतिशत राम्रो स्क्रिप्ट छुट्याउँछु र त्यसमध्ये पनि राम्रो छुट्याएर छान्छु । अनि, टिम पनि हेर्ने गर्छु ।’

आफूले अभिनय गरेका हरेक फिल्मले राम्रो व्यापार गरोस् भन्ने चाहना हुने गरेको उनको भनाई छ । साम्राज्ञी आफूलाई नायकले स्टार नबनाएको बरु नायकलाई आफूले स्टार बनाएको तर्क गर्छिन्। फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को प्रमोसनका क्रममा उनले आफूले स्टार जन्माएको तर्क गरेकी हुन्।

त्यसताका उनको यो भनाइलाई कतिले गसिप बनाए, कतिले आलोचना गरे। यो आफ्नै भनाइ अहिले आएर साम्राज्ञीलाई भारी परेको छ। पुरानो फिल्म प्रमोसनका क्रममा बोलेको कुरा नयाँ फिल्म प्रमोसनमा आइपुग्दा साम्राज्ञीले फिर्ता लिएकी छन्।

‘आफूले काम गरेको फिल्म नचलोस् भन्ने कहाँ हुन्छ र ! राम्रो चलोस्, निर्माताको लगानी सुरक्षित होस् भन्ने त भइहाल्छ नि,’ उनले भनिन् । ‘तिम्रो मेरो साथ’को ट्रेलरमा उनले साहित्यिक भावका शब्दहरु बढी बोलेको देखिन्छ । तर, ती शब्दहरु बोल्न केही कठीन भएको उनको अनुभव छ ।

उनले पुरानो कुरा सम्झिँदै त्यो बेला आफू बच्चै रहेको बताइन्। भनिन्, ‘मैले त्यत्रो ठूलो कुरा गरेँ र१ ओ हो१ त्यो बेलामा म सानै थिएँ। यसैले के के भनेँ होलारु तर, अहिले मलाई यो कुरा यादै छैन।’

यस्तै, उनी भन्छिन्, ‘साहित्यिक शब्दहरु कसरी प्रष्टसँग बोल्ने भनेर म सविर श्रेष्ठ दाईसँग सल्लाह लिइरहेको हुन्थेँ । मैले ती शब्दहरु प्रष्ट बोल्न खोजेर मात्र पनि हुँदैन थियो । किनकि, त्यसको अर्थ थाहा नपाई अभिनय गर्न गाह्रो हुन्छ । त्यसैले हरेक सिन र हरेक डाइलगको बारेमा म सविर दाईसँग बसेर सल्लाह लिन्थेँ ।’ फिल्ममा आफ्नो भूमिका दर्शकलाई रोचक लाग्ने उनको विश्वास छ ।

    सम्बन्धित समाचार...