१ जेष्ठ २०८१, मंगलवार

महन्थ ठाकुर लोसपा संसदीय दलको नेतामा निर्विरोध

2.jpg 90

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध भएका छन् । बुधबार संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको हो ।

पार्टी अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका थिए । लोसपामा ठाकुर, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरीसहित चारजना सांसद छन् । लोसपाले थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिक सिट पाउन सकेन । 

    सम्बन्धित समाचार...