
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्रीसमेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन्।
८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए ।
निर्वाचनमा सबै ८९ जना सांसद्ले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन्।
उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन्। निर्वाचन समितिका प्रतिनिधिहरू अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए।