५ जेष्ठ २०८१, शनिबार

अध्यक्ष लिङ्देन राप्रपा संसदीय दलको नेतामा सर्वसम्मत

rajendra lingden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट लिङ्देन सर्वसम्मत चयन भएका हुन् । 

गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी कूल १४ सिट जितेको छ । 

    सम्बन्धित समाचार...