२ जेष्ठ २०८१, बुधबार

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत चयन

oli

नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।  मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् । 

उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन् । नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्।