३ जेष्ठ २०८१, बिहीबार

एमालेलाई हेर्न टर्च बाल्नु पर्दैन : अध्यक्ष ओली

oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको चौतर्फी आक्रमणका बाबजुद पनि आफ्नो पार्टी समानुपातिकमा पहिलो बनेको बताएका छन् ।

नवनिर्वाचित सांसदहरूलाई बधाइ दिन कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार आयोजित कार्यक्रममा उनले अन्य दलको अपेक्षाअनुसार आफ्नो पार्टीलाई जनताले अस्वीकार नगरेको दाबी गरे । सोहीकारण अपेक्षाअनुसार जनमत नआए पनि एमालेले उत्सव मनाइरहेको उनको भनाइ छ ।

उनले भने, ‘अपेक्षाअनुसार जनमत आएन तर हामी उत्सव मनाइरहेका छौं । विभिन्न दलले चुनाव अघि माटो चटाउँछौ, भित्तामा पुर्‍याउँछौं, दिउँसै टर्च बालेर खोज्नुपर्छ भन्थे तर नेकपा एमालेलाई खोज्न टर्च बाल्नु पर्दैन । एमालेको आवाज विश्वभरबाट जो कोहीले सुन्छ ।’

साथै उनले चौतर्फी आक्रमणबाट पनि विजय हुन सफल सांसद्लाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् ।