२० बैशाख २०८१, बिहीबार

थाइल्यान्डमा एक युद्धपोत समुद्रमा पल्टँदा ३१ नौसैनिक बेपत्ता

Thailand 1671468603

थाइल्यान्डको खाडीमा एउटा युद्धपोत समुद्रमा पल्टँदा ३१ नौसैनिक बेपत्ता भएका छन् ।

एचटीएमएस सुखोथाइ नामको युद्धपोत आँधीका कारण पल्टिएको थाइ नौसेनाले जनाएको छ । युद्धपोत पल्टिएपछि त्यसमा सवार ३१ जनाको उद्धार गरिएकोमा ३१ जना अझै हराइरहेको जनाइएको छ । बेपत्ताको खोजीका लागि वायु सेनासमेत परिचालित भएको छ ।

नौसेनाका प्रवक्ता पोङक्रोन मोन्थार्द पालिनले नौसेनाको इतिहासमै यस्तो घटना कहिल्यै नभएको उल्लेख गर्दै खोजी जारी रहेको बताए । प्राचुआम खिरिखान प्रान्तको बाङ साफानदेखि ३२ किलोमिटर पूर्वमा गस्तीमा रहेका बेला आँधी आउँदा उक्त दुर्घटना भएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री प्रयुत चान ओचा ले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।

पाँचथरको उच्च पहाडी र हिमाली क्षेत्रमा अप्ठ्यारो भूगोल, थेग्नै नसक्ने जाडो र पातलो मानव बस्ती छ । पहिले कुनै पनि सरकारी निकायको उपस्थिति नहुँदा स्थानीयले छिमेकी मुलुकका सुरक्षाकर्मीबाट थिचोमिचो सहनुपर्थ्यो।

आँखैअगाडि वन्यजन्तु र जडिबुटीको तस्करी हुँदासमेत बोल्न सक्ने अवस्था थिएन । तर विभिन्न स्थानमा सीमा सुरक्षा बल -बिओपी स्थापना भएसँगै सीमा क्षेत्रका नागरिकले अहिले सुरक्षित महसुस गर्न थालेका छन् ।

    सम्बन्धित समाचार...