४ जेष्ठ २०८१, शुक्रबार

पहाडमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

weather aajko mausam

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ। महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

यस्तै, बुधबार र बिहीबार पनि प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक मौसम बदली रहने महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

बिहानीपख हुस्सु र कुहिरो लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित समाचार...