१४ बैशाख २०८१, शुक्रबार

विदेशबाट नेपालीको उद्धार सुरू, म्यानमारबाट आएका २६ जनालाई वसुन्धारास्थित होल्डिङ सेन्टरमा राखियो

myanmar

कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार सुरू भएको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।

म्यानमार सेनाको विमानबाट आएका उनीहरुलाई नेपाली सेनाले तयार पारेको वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगेको छ ।

म्यानमार सेनाको एयरफोर्सले उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमास्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले जानकारी दिएका छन् । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।

विमानस्थलमा ओर्लिने वित्तिकै उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच गरिनेछ । सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण पनि संलकन गरिनेछ ।

उनीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेकाले छिट्टै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने तयारी भएको छ ।विदेशबाट उद्धार गरिएकालाई समस्या नहोस भने नेपाल टेलिकमले निःशुल्क सीम कार्डको ब्यवस्था गरेको छ ।

सरकारले शुक्रबार म्यानमारसँगै युएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको पनि युएईको उडान भने ढिला हुने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

नेपाली समय अनुसार यूएईबाट आउने विमान १२ बजे काठमाडौं अवतरण हुने भनिए कति बेला नेपाल आइपुग्ने टुंगो नभएको उनले जानकारी दिए । तर नेपालीलाई लिएर विमान भने आजै आउने उनले जानकारी दिए ।

विदेशबाट दैनिक २९ सय जनासम्म ल्याउने गरि तयारी पूरा भएपछि सरकारले शुक्रबारदेखि नेपालीको उद्धार सुरू गरेको हो ।

म्यानमारबाट आएका २६ जनालाई वसुन्धारास्थित होल्डिङ सेन्टरमा

म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।

सैनिक स्रोतका अनुसार काठमाडौंमा प्रदेश नं। ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ ।

त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।

कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ । शुक्रबारै यूएईबाट पनि १६८ जनालाई नेपाल ल्याउने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार...