६ जेष्ठ २०८१, आईतवार

बाबुको निधनपछि दुई छोरीले गरे अन्त्येष्टी र काजकिरिया

Punam 2

बेसीसहर नगरपालिका-३ बाहुनबेसीस्थित एक परिवारका दुई छोरीहरुले आफ्नो बाबुको निधनपछि अन्त्येष्टीसँगै १३ दिनसम्म काजकिरिया गरि मृत्यु संस्कार पुरा गरेका छन्।

१८ मंसिरमा बाहुनबेसीका  ४७ वर्षीय पदम घिमिरेको निधनभएपछि उनका छोरीहरूले दागबत्ती दिएर दाहासंस्कार गर्नुका साथै हिन्दु संस्कार अनुसार १३औं दिनसम्म काजकिरिया गरेर बाबाको मृत्यु संस्कार उम्काएका हुन् । 

२१ वर्षीया पुनम र १९ वर्षीया पवनाले बाबाको काजकिरिया गरेका हुन् । दिदी पुनम बिएड् प्रथम बर्षमा र बहिनी पवना १२ कक्षामा अध्यनरत् रहेको छिमेकी सृजना बरालले बताइन् । पोखरास्थित मामाघरमा बसेर अध्ययन गरेको उनले बताइन् । अहिले पनि उनीहरूका काका/काकी, छरछिमेकी र मावलीको सहयोगमा काजकिरिया र १३औँ दिनको संस्कार चलिरहेको बताइएको छ ।

हिन्दुसंस्कार अनुसार बाबाआमाको मृत्युपछि विधिवत् रुपमा छोराले दागबत्ती दिने, काजकिरिया गर्नेलगायतका अन्त्येष्टी कार्य गर्ने चलन भए पनि यहाँ  छोरीहरूले काजकिरिया गरेको छिमेकी जिवि घिमिरेले बताए । छोरा नहुँदा अहिले पनि मृत्यु भएका परिवारका नजिकका जुठो, सुतक लाग्ने गोत्रीय भाई खलकका छोराहरुबाटै काजकिरिया गराउने र सो बापत आफूसक्दो धनसम्पत्ति, जग्गाजमिन वा सुनचाँदी जस्ता बहुमुल्य धातु दिने प्रचलन पनि रहेको छ ।

स्वर्गीय घिमिरेकी श्रीमती मृत्यु हुनु केहीदिन अघि मात्रै बैदेशिक रोजगारीका लागि दुवई गएको छिमेकीले बताएका छन् । वैदेशिक रोजगारी भए पनि राम्रो कमाई नभएकाले सो परिवारलाई यतिबेला मृत्यु संस्कार उम्काउन समेत निकै सकस परेको छिमेकीको भनाई छ।

    सम्बन्धित समाचार...